यस वर्ष टोपी दिवसकाे नारा 'नेपाली टोपी : नेपाली पहिचान' तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 10:18:36 AM मा प्रकाशित

laxmi  sunrise bank

विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार बसेकाे संस्थाकाे बैठकले ११ औं टोपी दिवसकाे नारा 'नेपाली टोपी : नेपाली पहिचान' तय गरेकाे संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीले जानकारी दिए ।

विगत केही वर्षदेखि काेराेना संक्रमणलगायतका कारण औपचारिक कार्यक्रम नगरिए पनि यसवर्ष भने कार्यक्रमलाई भव्य बनाइन लागिएकाे पनि उनले बताए । सो संस्थाले विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताए ।

विसं २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि हटाएपछि नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा स्थापित गराउन टोपी दिवस मनाउन थालिएको हो ।

विगत वर्ष जस्तै यस वर्ष पनि दिवसका अवसरमा प्रभातफेरिजस्ता कार्यक्रम गरि नेपाली टाेपी दिवस मनाइने संस्थाले जनाएकाे छ । यसका लागि आवश्यक तयारी भइरहेकाे र सहयाेगका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा संचारकर्मीहरुमा अनुराेध गरिएकाे जागरुक युवा अभियान नेपालले जनाएकाे छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved