महशुल नतिर्ने सबै उद्योगको लाइन काट्ने कुलमानको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 04:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्दै जाने बताएका छन् ।

आज पत्रकार सम्मेलनमा गर्दै कार्यकारी निर्देशक घिसिङले ६१ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता दाखिला गर्न बाँकी रहेको भन्दै हालसम्म ९ उद्योगको लाइन काटिएको र बाँकी उद्योगको पनि क्रमशः लाइन काटिने चेतावनी दिएका हुन् । 

‘६१ उद्योगको बक्यौता छ, अहिलेसम्म ९ वटा उद्योगको लाइन काटिएको छ, बाँकी उद्योगको पनि क्रमिक रूपमा लाइन काट्दै जाने नै हो’ उनले भने । 

उनले उद्योगीहरुलाई बाँकी बक्यौता तिर्न आए स्टलमेन्टको सुविधा दिने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved