कुलमानको दाबी , ‘टीओडी डेटा नभएको ठाउँमा त्यो भन्दा बलियो प्रमाण छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 06:17:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टाइम अफ डेट (टीओडी) मिटरको रेकर्ड छैन भनेर अदालतलाई जवाफ पठाउँदा प्राधिकरणका क्षेत्रीय कार्यालयहरुले सल्लाह नगरेको पाइएको बताएका छन् । आज पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले उद्योगहरुले विद्युत खपत गरेको तथ्यांक सुरक्षित रहेको बताएपछि अदालतलाई टीओडी डाटा छैन भनेर किन भनेको भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् ।

‘अदालतलाई गएको जवाफका सन्दर्भमा हामीले कुरा गर्यौ, यहाँ छलफल नै नभई गएको रहेछ, क्षेत्रीय कार्यालयहरुलाई सोधिएकाले उनीहरुले प्राधिकरणको केन्द्रीय कार्यालयमा सोध्नुपर्दैन भन्ने ठानेर छैन भन्ने जवाफ पठाइदिएछन्’ कुलमानले भने, ‘तर, टीओडी रेकर्डको डाटा नभए पनि हामीसँग लग सिट नै छ नि, यो लग सिट जहाँ देखाउनुपर्ने हो हामी देखाउन तयार छौँ । सँगै, कहीँ कतैबाट सोधनी भयो भन्दैमा प्रधिकरणको कानुन डिपार्टसँग सल्लाह नगरी जथाभावी जवाफ नदिँन मैले निर्देशन पनि दिइसकेको छु ।’

उनले डेडिकेटेड फिडर र ट्रंकलाइनको टीओडी डेटाको ‘व्याकप’का रुपमा ‘लग सिट’ नै भएको पनि बताए । उनले टिओडीको तथ्यांक १ वर्षसम्म डाउनलोड गरेर राख्नुपर्ने भए पनि कुनै कारणबस त्यो डाटा डाउनलोड नभए आफैं स्वतः डिलेट हुने भएकाले प्राधिकरणसँग केहीको हकमा नभएको उनको स्वीकारोक्ति छ ।

‘टिओडी मिटर मात्रै यसको व्याकपको मुख्य कुरा होइन, एउटा डाटा नभए पनि अर्को डाटाले बिजुली प्रयोग गरेको देखाउँछ’ उनले भने, ‘लकसिट छ, जहाँ पनि देखाउन सक्छौँ । यसकारण टिओडी मिटरको तथ्यांक छैन भनेर नभएको कुरो नखोजौँ भन्ने मेरो आग्रह छ, अरु पनि व्याकप हुन्छन् भन्ने कुरो बुझ्नुपर्यो ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved