घरजग्गा कारोबारको हदबन्दी हटाउन सरकार प्रयत्नशील छ: मन्त्री श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 07:58:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील रहेको बताएकी छिन्। नेपाल आवास तथा जग्गा विकास सङ्घको आयोजनामा आजदेखि सुरु भएको ‘आठौँ घरजग्गा मेला’ को उद्घाटन गर्दै उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तर रुपमा कानुनी सुधार गर्दै आएको बताएकी हुन् ।

“भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ता काटको प्रक्रियालाई सहजीकरण गरेका छौँ, हदबन्दी समस्या हटाउन सरकार प्रयत्नशील छ”, उनले भनिन् ।

मन्त्री श्रेष्ठले ‘रियल स्टेट’ क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उल्लेख गरिन् । उनले प्रभावकारी भूमिबजार प्रणालीको स्थापनाले घरजग्गा कारोबार निष्पक्ष, पारदर्शी एवं सहज भई यस क्षेत्रमा विश्वास र स्थायित्वको वातावरण सिर्जना हुने भएकाले भूमि बजार सम्बन्धी कानुन निर्माणतर्फ पनि सरकार अघि बढिरहेको बताईन् ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved