बालकुमारीमा प्रदशनकारीले जलाए मन्त्रीको गाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 12:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गाडीमा आगजनी भएको छ ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर कोरिया जान चाहेका युवाहरुले शुक्रबार गरेको विरोध प्रदर्शनको क्रममा बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गरेको गरेका हुन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् 

सिप बिल्डिङका आवेदकलाई म्यानुफ्याक्चरतर्फ पनि आवेदन दिनु पर्ने माग गर्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । १८ जना युवाहरुले यो विषयमा अदालतमा मुद्दा दायर गरेपछि अदालतले ति १८ जनालाई भाषा परीक्षामा सामेल गराउन भनेको थियो । तर रिट नहालेकालाई पनि सहभागी गराउनु पर्ने भन्दै अन्य युवाहरु प्रदर्सनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले कोटेश्वर बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved