मन्त्रीको गाडी जलाएपछि बालकुमारी तनाव, गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु,

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 02:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

 रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा सहभागी हुन पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर दैलेख घर भएका सुदन राउतको मृत्यु भएको हो। उनको ग्वार्को स्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतक स्रोतले जनाएको छ । 

ईपीएस भाषा परीक्षा दिएर कोरिया जान चाहेका युवाहरुले शुक्रबार प्रदर्शन गरेका थिए  ।  त्यस क्रममा उनीहरुले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको  गाडीमा आगजनी गरेका थिए ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । त्यस पछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले झन्डै २ दर्जन प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ । 

सिप बिल्डिङका आवेदकलाई म्यानुफ्याक्चरतर्फ पनि आवेदन दिनु पर्ने माग गर्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । १८ जना युवाहरुले यो विषयमा अदालतमा मुद्दा दायर गरेपछि अदालतले ति १८ जनालाई भाषा परीक्षामा सामेल गराउन भनेको थियो । तर रिट नहालेकालाई पनि सहभागी गराउनु पर्ने भन्दै अन्य युवाहरु प्रदर्सनमा उत्रिएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved