२ जनाको मृत्युपछि अदालतको आदेश 'सबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउनु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 04:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च अदालत पाटनले कोरिया जानको लागि सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षा अन्तर्गत म्यानुफेक्चरतर्फ सामेल गराउन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन शुक्रबार आदेश जारी गरेको हो ।

गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । यअघिको आदेशमा रिट दायर गर्ने १८ जनालाई आवेदन भर्न दिनु भनेर अदालतले आदेश दिएको थियो । त्यसपश्चात ईपीएस कोरिया शाखाले १८ जनाको लागि मात्र आवेदन खुलाएको थियो । उक्त १८ जनामा नपर्नेहरुले शुक्रबार शाखा परिसर ग्वार्कोमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीहरुले भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा  आगो समेत लगाईदिएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो। जस क्रममा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ। 

 यो घटना लगत्तै उच्च अदालत पाटनले सबैजनालाई परीक्षामा सहभागी गराउनु भन्दै आदेश दिएको हो । 

आदेशमा भनिएको छ,‘‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved