जनयुद्ध दिवस मनाउने निर्णय बदर, सार्वजनिक विदा पनि नदिन सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 06:23:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले जनयुद्द दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार सो आदेश दिएको हो । 

द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले जनयुद्द दिवस मनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने जिकिर गरेका थिए ।

उक्त रिटमा अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले आदेश दिएको छ ।   शान्ति प्रकृयाका कार्यभार पूरा नहुदै गरिएको सार्वजनिक विदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चले उल्लेख गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारएले  गत वर्ष फागुन १ गतेदेखि जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved