प्रहरीले भन्यो ' ३ हजार जना थिए. थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग भएको हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 07:07:40 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रहरी परिसर ललितपुरले आज बालकुमारीमा भएको घटनाबारेको विवरण सार्वजनिक गरेको छ । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै प्रहरीले आजको घटनामा २ जना प्रदर्शनकारीको मृत्यु भएको र   ४ जना सुरक्षाकर्मी घाईते भएको जनाएको छ ।

एक जनाको गोली लागेर र अर्का एक जनाको भागदौडको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले  आक्रोसित भिडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गरेको स्वीकार गरेको छ । आगजनी तथा तोडफोड घटनामा आशंकित ७३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले उल्लेख गरेको छ ।

यस्तो छ प्रहरीको विज्ञप्ति 

मिति २०८०।०९।१३ गते बिहान ८:००  बजे देखि जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं ८ बालकुमारी EPS कार्यालय अगाडी रोजगार अनुमती प्रणाली (EPS) परीक्षामा सहभागिताको बिषयलाई लिएर EPS को कार्यालय ग्वार्कोमा अन्दाजी २५००/३००० जना भेलाजम्मा भई आन्दोलनरत परीक्षार्थीहरुले अन्दाजी १२:१५ बजेको समयमा आक्रोसित भई सुरक्षार्थ डिउटीमा खटिएका प्रहरी माथि एक्कासी ढुंगा मुढा प्रहार गर्दा डिउटीमा खटिएका नेपाल प्रहरी तर्फका प्रहरी नायव उपरिक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार शुसिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा ससस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाईते भए पश्चात आक्रोसित भिड तितरबितर गर्न अश्रु ग्याँस प्रहार गर्दा भिड तितरबितर भई बालकुमारी तर्फ जाँदै क्रममा सोही आक्रोसित भिडले भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयका माननीय मन्त्री प्रकाश ज्वालाज्यू चढ्नु भएको बा.२. झ ५८६१ नम्बरको गाडी रोकी टायरमा ढुंगाको ओट लगाई टायरको हावा फुस्काई सो गाडीलाई जलाई तोडफोड तथा आगजनी गर्न खोज्दा विशिष्ठ व्यक्तिको सुरक्षा र थप क्षति हुनबाट जोगाई स्थितीलाई नियन्त्रण लिन प्रहरीले आक्रोसित भिडलाई तोडफोड आगजनि नगर्न सम्झाई बुझाई गर्दा नमानेकोले सामान्य बल प्रयोग गर्दासमेत स्थिती नियन्त्रणमा नआई टियर ग्यास, रवर बुलेट प्रहार गर्दा पनि स्थिती नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोसित भिडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा जिल्ला अछाम, चौरपाटी गाउँपालिका वडा नं.१ बस्ने वर्ष २१ को विरेन्द्र शाहलाई गोली लागि घाईते भई औषधि उपचारको लागि पाटन अस्पताल लगेकोमा निजको उपचारको क्रममा मूत्यू भएको । सोही स्थानमा भागदौडको क्रममा जिल्ला दैलेख, महावु गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुर बस्ने बर्ष २३ को सुजन राउत घाइते भई तत्काल उपचारको लागि इमाडोलस्थित किष्ट अस्पतालमा ल्याई उपचार भईरहेकोमा उपचारको क्रममा निजको  मृत्यु भएको भनि चिकित्सकले मृत्यू घोषित गरेको । आगजनी तथा तोडफोड घटनामा आशंकित ७३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved