बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 07:12:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले आज उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायधीश शिशिरराज ढकालको एकल इजलाशले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्। न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् । सजाय निर्धारण हुन बाँकी रहेकाले पुस २५ गतेको लागि अर्को पेसी तोकिएको छ ।  

२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै नाबालिकाले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। मुद्दा दर्ता भएको करिब १४ महिनापछि शुक्रबार फैसला भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved