फर्निचर व्यवसाय आर्थिक क्रियाकलापमा महत्वपूर्ण क्षेत्रः अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2023 | 01:01:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । 

उनले नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था रहेको भन्दै काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि दुखद रहेको बताए । फर्निचरको क्षेत्रमा हामी आत्मनिर्भर बन्न सकिन्छ उनको दावी छ । उनले निर्यातको पनि प्रशस्त सम्भावना छ भन्दै कला संस्कृतिको हिसाबले पनि नेपाल समृद्धि रहेको धारणा व्यक्त गरे ।

'हामीले विशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौं, जसको माग देशबाहिर पनि हुन सक्छ’ मन्त्री महतले भने, ‘यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ । हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ । यही उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो ।’

स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहन्छ । सरकारी अथवा निजी घरमा बाहिरी फर्निचर उपयोग भइरहेको छ । ती फर्निचर हेर्दा राम्रो देखिए पनि टिकाउ नहुने मन्त्री डा. महतको भनाइ थियो । उनले ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको उल्लेख गर्दै त्यसलाई फुकाउन सरकार लागेको बताए । 

उनका भनेर्, वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ र आयातित बस्तुसँग प्रतिस्पर्धा गर्ने गरी काम गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved