५ महिनामा ५५ करोड रुपैयाँको अर्मिसो निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2023 | 01:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को ५ महिनामा करिब ५५ करोड रुपैयाँको अर्मिसो निर्यात भएको छ । साउन महिनादेखि मसिंरको अन्त्यसम्ममा ५४ करोड ९० लाख ३१ हजार रुपैयाँ बराबरको अर्मिसो नेपालबाट निर्यात भएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार यो अवधिमा ४५ लाख ७६ हजार १४० केजी अर्मिसो निर्यात भएको हो । उक्त सबै अर्मिसो भारत निर्यात भएको तथ्यांकमा उल्लेख छ । 

जसमध्ये ८ करोड ८५ लाख ६४ हजार रुपैयाँ बराबरको ७ लाख ३४ हजार ३० केजी अर्मिसो मसिंर महिनामा मात्र निर्यात भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved