गोली चलाउन आदेश दिने प्रहरी अधिकारी निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2023 | 02:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्वार्काेमा घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारी निलम्बनमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिएका हुन् ।

उनले सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ९जेटियुसिसी०को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सनिबार सम्बोधन गर्दे प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् । ग्वार्काेम भएको घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।

कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved