आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 08:49:23 AM मा प्रकाशित

laxmi  sunrise bank

गुरुङ समुदायको नयाँ वर्ष अर्थात् तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसार पर्वका अवसरमा सरकराले आज देशभरी सार्वजनिक बिदा दिएको छ ।

तमु ल्होसार देशैभरी गुरुङ समुदायले विशेष महत्वका साथ मनाउँछन् । खासगरी, गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा तमु ल्होसार पर्व सांस्कृतिक झाँकीसहित मनाउने गरिन्छ ।

काठमाडौँ पनि गुरुङ समुदायले टुँडिखेलमा विशेष समारोहका साथ तमु ल्होसार मनाउँदै आएका छन् ।

तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved