बालकुमारीबाट पक्राउ परेका ७३ जना आज छुट्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 10:18:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बालकुमारीमा भएको प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

कार्यलयका अनुसार पक्राउ गरिएकाहरुलाई मुद्धा नचलाउने निर्णय भएको छ । उनीहरुलाई आइतबार छाड्ने निर्णय गरिएको जनाएको छ । 

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा. २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved