एनआरएनए निर्वाचन छानबिन गर्न सरकारले बनायो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 04:29:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एनआरएनए निर्वाचन विवादको छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न समिति बनाएको हो ।

बैठकले महान्यायाधिवक्ताको कार्यालयका सह(महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरेको हो । संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले समितिलाई समयावधि दिएको छ ।

संचार मन्त्री रेखा शर्माले 'गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) को निर्वाचनलगायतका विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी / निवेदनहरू र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवादको सम्बन्धमा र संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्री ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गर्ने' निर्णय भएको जानकारी दिएकी हुन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved