डीन रामेछापको नयाँ कार्यसमिति गठन, अध्यक्षमा खड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 05:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्लोमा इन्जिनियर्स एशोसियशन नेपाल (डीन) रामेछापको अध्यक्षमा होमबहादुर खड्का चयन भएका छन् । एशोसियशनको भेलाले खड्काको नेतृत्वमा जिल्ला स्तरीय नयाँ समिति गठन गरेको हो । खड्का मन्थली नगरपालिकामा कार्यरत छन् ।

एशोसियशनको उपाध्यक्षमा पूर्वाधार कार्यालयका नवराज थापा, सचिवमा खाँडादेवी गाउँपालिकामा कार्यरत अर्थ बिक्रम लामा र कोषाध्यक्षमा मन्थली नगरपालिकाका कृष्णदास श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सह–सचिवमा पूर्वाधार कार्यालय रामेछापका प्रचण्ड ढुङ्गेल चुनिएका छन् । सदस्यहरुमा पूर्वाधार कार्यालय रामेछापका विपूल रोक्का र खाँडादेवी गाउँपालिकाकी पवित्रा कार्की चुनिएका छन् । यस अघि रामेछाप डीनको अध्यक्ष लक्ष्मण रायमाझी थिए ।

डिप्लोमा इन्जिनियर्स एशोसियशन नेपाल विशुद्ध पेशागत संस्था हो । जसमा सब इन्जिनियर र इन्जिनियर असिस्टेन्ट अवद्ध छन् । यो संगठनमा देश भरी करिब ३० लाख सदस्य छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved