गुणस्तर विभागमा पहिलो पटक महिला नेतृत्व, ज्योति बनिन् डिजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 08:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल गुणस्तर तथा नापतौल विभागका रिक्त महानिर्देशकमा ज्योति जोशी भट्ट नियुक्त भएकी छिन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा भट्टलाई नियुक्त गरेका हुन् । यससँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved