उद्योग विभागको महानिर्देशकमा यज्ञराज कोइराला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 12:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग विभागको महानिर्देशकको रुपमा सहसचिव यज्ञराज कोइरालाले कार्यभार सम्हालेका छन् । गत हप्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागको महानिर्देशकमा बनाएर पठाएपछि कोइरालाले कार्यभार सम्हालेका हुन् । 

उनले आफू आएको ५ दिन भएको र आज भन्सार दिवसको कार्यक्रममा विभागको तर्फबाट सहभागी भएर पहिलो औपचारिक कार्यक्रम सुरु गरेको बताएका छन् ।

कोइराला यसअघि उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा प्रखुम थिए । यसअघि महानिर्देशक रहेका सहसचिव बाबुराम गौतम मन्त्रालय तानिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved