सम्पत्ति लुकाउन जग्गा खरिद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 03:17:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पत्ति लुकाउन जग्गा खरिद हुने गरेको एक अध्यनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको एक अध्ययनले सम्पत्ति लुकाउन अनौपरिक रुपमा जग्गा खरिद हुने गरेको देखाएको हो ।

त्रिविको अर्थशास्त्र विभागले अनौपचारिक अर्थतन्त्रको आकार सम्बन्धमा गरेको अध्ययनअनुसार सबैभन्दा बढी अनौपचारिक कारोबार हुने क्षेत्र रियल इस्टेट रहेको छ । रियल इस्टेट कारोबारको कुल हिस्सामध्ये ९९.९७ प्रतिशत अनौपचारिक रहेको अध्ययनको निष्कर्ष छ ।

जग्गा कारोबारमा जग्गाको देखाउने मूल्यांकन कम हुँदा सरकारलाई राजस्व पनि कम आइरहेको र ठूलो कारोबार नगद तथा अनौपचारिक रुपमा हुँदा यसबाट भइरहेको कर छली पनि ठूलो रहेको अध्ययनले देखाएको छ । 

‘जग्गा कारोबार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली ठूलो मात्रामा छ, जग्गाको खरिद सम्पत्ति लुकाउने माध्यम भएको छ’, त्रिविले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘यो सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन्छ ।’

त्रिविको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अध्ययन अनुसार नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत रहेको देखाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved