डियरवाक र डियरहोल्डमा अमेरिकन चेम्बर अफ कमर्सको 'सिकाई श्रृङ्खला'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 06:48:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा 'इन्फर्मेटिभ लर्निङ' कार्यक्रम सम्पन्न गरेको छ ।

 नेपालमा  डियरवाक अन्तर्गतका कम्पनी र डियरहोल्डले सफ्टवेर विकास, स्कुल तथा कलेज सञ्चालन, कर्पोरेट तथा आइटी तालिम, अटो सर्भिस एवं पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीका संस्थापक रुद्रराज पाण्डेले बताए ।

कार्यक्रममा कम्पनीका संस्थापक रुद्रराज पाण्डेले नेतृत्व विकास र कम्पनीको बारेमा अनुभव साटेका थिए । सचिन कारन्जितले डियरहोल्ड नेपालको सञ्चालनको, डियरवाक स्कुल र कलेजको बारेमा बिजय श्रेष्ठ र डियरवाक कम्पवेरको बारेमा यज्ञ  लम्सालले जानकारी दिएका थिए ।

आफ्ना सदस्यहरूमा सिकाई श्रृङ्खला अन्तर्गत एकच्यामले अन्तर्क्रियासँगै काठमाडौँको सिफलमा रहेको डियरहोल्ड र डियरवाक ग्रुपको परिसर भ्रमण गराएको हो ।

कार्यक्रमले सदस्यहरू बीच मित्रता बढाउने र एक अर्काको ब्यवसायको बारेमा थप बुझ्न मद्दत गर्ने  एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए ।

कार्यक्रममा सहभागीहरूले डियरहोल्ड र डियरवाक ग्रुप अन्तर्गत सिफल स्कुल, डियरवाक कलेज, डियरवाक कम्पवेर अवलोकन गरेका थिए ।

कार्यक्रममा  एमच्यामका निवर्तमान अध्यक्ष अजित शाह सदस्य सामर्थ मोघा  र अमेरिकी दूतावासका आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिक/वाणिज्य अधिकृत डरिन क्रिस्टेनसेन लगायत ४० जना सहभागी थिए ।  

एमच्याम नेपालमा अमेरिकी लगानीका ४० भन्दा बढी व्यवसायिक सँस्था आवद्ध भैसकेका छन् । स्थापनाको २ बर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ ।

यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नु भएको संस्थाले एमच्याम नेपालले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved