काठमाडौँमा आज यस वर्षकै बढी चीसो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 09:10:53 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा आज यसपाली हिउँदकै सबैभन्दा बढी जाडो महसुस भएको छ । आज बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुुसार आज मापन भएको २.२ सेल्सियस तापक्रम यो वर्षमा अहिलेसम्मकै कम हो । 

गत बिहीबार र शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।  

तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

हाल तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको छ । यस्तो अवस्था अझै केही दिन कायम रहने सम्भावना रहेको मौसमविद बताएका छन् । 

जाडो बढे पनि तराई मधेशका जिल्लामा शीतलहरको घोषणा भने गरिसकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved