डीडीसीले दही र पनिर सहित १५ प्रकारका उत्पादनको मूल्य घटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 04:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

दुग्ध विकास संस्थान (डी.डी.सी) ले डीडीसी विन्टर अफर ल्याएको छ । अफरमा संस्थानले दुग्धजन्य पदार्थहरु दहि, पनिर, चिज लगायत १५ उत्पादनको मूल्य घटाएको छ । डीडीसीले दुध बाहेकका उत्पादनको मूल्य घटाएको हो ।

आर्थिक मन्दीका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै उपभोक्ताको राहतको लागि यो अफर ल्याएको डीडीसीका अर्थविद् अन्जन अधिकारीले बताए । “अहिले बजारमा आर्थिक मन्दी रहेकोले संस्थानले आफ्नो फाईदाको लागि भन्दा पनि उपभोक्ताको राहतको लागि यो अफर ल्याएको हो” उनले भने, “हामीले यो अफर व्यापारीलाई दिँदा पनि हुँन्थ्यो ।तर, उपभोक्ताहरु कठिन समयबाट गुँज्रिरहेकाले उनीहरुलाई थोरै भए पनि सहयोग हुन्छ भनेर यो अफर ल्याइएको हो ।”

उनका अनुसार उक्त अफरमा रु. ८५ पर्ने (५०० मि.लि पोली) सादा दहिको मूल्य घटेर रु. ७५ पुगेको छ । रु. ८१० पर्ने (५०० ग्राम) कचन चिजको मूल्य घटेर रु.६५५ पुगेको छ । त्यस्तै, रु. ४५० पर्ने ५०० ग्राम) पनिर को मूल्य घटेर ४०५ पुगेको छ । साथै अन्य उत्पादनहरुको पनि मुल्य घटेको छ ।

यो अफर माघ १० गते देखि लागु भएको छ । यो अफरको निश्चित समय भने नतोकिएको अधिकारीले बताए । “यो अफरको निश्चित समय तोकिएको छैन । जब बजारमा सुधार आई दुग्धजन्य पदार्थको माग बढ्छ, तब मात्र यो अफर अन्त्य हुन्छ' उनले भने  ।  

हेर्नुस् के मा कति छुट ?



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved