वालिङ महोत्सव आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 09:51:24 AM मा प्रकाशित

laxmi  sunrise bank

 “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नारासहित आठौं संस्करणको वालिङ महोत्सव आजदेखि सुरु भएको छ।   वालिङ खेलमैदानमा संचालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज दिउँसो २ बजे उद्घाटन गर्ने   आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताए। 

हरेक २/२ वर्षमा हुँदै आएको महोत्सव कोभिडका कारण रोकिएको थियो। २०७५ सालमा सातौं संस्करण पछि पाँचवर्षको अन्तरालमा आयोजना हुँदै गर्दा आम नागरिकहरुमा उत्साह छाएको अध्यक्ष श्रेठले बताए । महोत्सवलाई समग्र वालिङवासीकै प्रतिष्ठा र  पर्वका रूपमा  लिइएकाले वालिङस्थित विभिन्न संघ संस्था, राजनीतिक दल, युवा क्लवहरुलगायत आम नागरिकहरु उत्साहकासाथ महोत्सव सफल बनाउन जुटेको  उनको भनाई छ ।

आयोजकका अनुसार स्मार्ट सिटीका रूपमा परिचित वालिङ बजार विगतका महोत्सवमा झैं  ध्वजापतकासहित रङ्गीचङ्गी बनाइएको छ । वालिङ बजार बेहुली झैं सिङ्गारिएको छ । महोत्सव प्रवेशद्वार लगायत बिभिन्न स्थानमा स्वागतगेटहरु निर्माणसहित बजारका ठाउँ ठाउँमा सजिसजाउ भएका छन् ।सजावटका लागि केही ठाउँमा आधुनिक त  केही ठाउँमा परम्परागत सामाग्रीहरूको प्रयोग भएको छ।

 महोत्सवमा रत्यौलीगीत प्रतियोगिता, डान्स आइडल सिजन थ्री, भजनगीत प्रतियोगिता, आधुनिक कृषि औजार प्रदर्शनी , विद्यालय स्तरीय नृत्य प्रदर्शनलगायत राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् । यो रमाइलोसँगै बाल उद्यान, सूचना प्रविधि, कृषि प्रदर्शनी, अटोमोवाइल, शैक्षिक प्रदर्शनीलगायत महोत्सवमा अवलोकन गर्न सकिनेछ । बिहिबार उद्घाटनको दिन  पशुपती शर्मा,राजु गुरूङ, घनश्याम रिजाल र कमला गैह्रे लगायतका स्रष्टाहरूको प्रस्तुति रहने आयोजकले बताएको छ। महोत्सव माघ २८ गतेसम्म चल्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved