'हेलिकप्टरबाट डढेलो निभाउँदा धेरै प्रभावकारी हुन्छ' (अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 01:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

विगतदेखि नै हेलिकप्टरमार्फत आगलागी तथा डढेलो नियन्त्रण गर्दै आएको सिम्रिक एयरले नेपाल जस्तो भूगोल भएको देशमा डढेलो नियन्त्रण गर्न 'एरियल फायरफाईटिङ' नै प्रभावकारी माध्यम भएको जनाएको छ । बिजपाटीसँगको कुराकानीमा सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले हेलिकप्टरबाट आगो निभाउँदा धेरै नै प्रबह्व्कारी हुने र जोखिम पनि कम हुने बताएका हुन् ।

उनका अनुसार हेलीकप्टरबाट आगलागी नियन्त्रण गर्दा दक्ष जनशक्ति,  बम्बी बकेट र पानीको उचित स्रोत आवश्यक पर्छ ।   विगतमा पनि आफुहरुले हेलिकप्टरको माध्यमबाट आगलागीको नियन्त्रण गरीसकेको स्मरण गर्दै यस पटक पनि आफूहरु तयारी अवस्थामा रहेको उनको भनाई छ । 

 सरकारले भनेको खण्डमा आफूहरु जुनसुकै बेला हेलिकप्टर उपलब्ध गराउन तयार रहेको उनले बताए । महाप्रबन्धक जोशीले सिम्रिक एयरले विगतमा पाथीभरा मन्दिर क्षेत्रका जंगलमा लागेको आगो, शिवपूरी राष्ट्रिय निकुन्जमा लागेको आगो, बालाजु औद्योगिक क्षेत्रभित्रको नेबिको विस्कुट उद्योगमा लागेको आगोसहित देशका अन्य क्षेत्रमा लागेको आगोसमेत सिम्रिक एयरका हेलिकप्टर प्रयोग गरेर केही घण्टामै नियन्त्रणमा लिइएको स्मरण गराउँदै अहिले देशभरी भइरहेको आगलागी नियन्त्रणका लागि पनि आफूहरु तयार रहेको बताएका छन् ।

‘हामीले सन् २०१६ देखि २०१९ सम्म एरियल फायर फाइटिङ प्रणाली प्रशिक्षण गर्यौँ, सन् २०२० देखि वन क्षेत्रमा लागेको आगो निभाउँदै आएका छौँ’ जोशीले भने, ‘सन् २०२० मा पाथीभरा मन्दिर क्षेत्रको जंगलामा भिषण आगालागी भएको थियो, ३ दिनसम्म आगो नियन्त्रणमा नआए पछि हामीलाई खबर आयो, हामीले केही घण्टामै आगो नियन्त्रण गर्न सफल भयौँ । यो हाम्रो पहिलो प्रयास थियो, पहिलो प्रयास नै सफल भयो ।’

उनले अहिले देशभरी फैलिरहेको आगलागी नियन्त्रण गर्न आफूहरु हेलिकप्टर तयारी अवस्थामा राखेर बसेको र सरकारबाटै समन्वय पर्खिरहेको बताएका छन् । अहिले पनि सिम्रिक एयरलाई देशका विभिन्न ठाउँबाट आगलागी भइरहेको खबर आउने गरेको भए पनि वनको वास्तविक नाम, नक्सा र नजिकै रहेको पानीको स्रोतबारे स्पष्ट जानकारी नआउँदा हेलिकप्टर प्रयोग गर्न नसकिएको महाप्रबन्धक जोशी बताउँछन् ।

‘हामीले बम्बी बकेटमा पानी भरेर डढेलो लागिरहेको वन क्षेत्रमा माथिबाट पानी खन्याउने हो, यसका लागि कम्तीमा १५/२० किलोमिटर आसपास पानीको स्रोत चाहिन्छ, तालतलैया वा नदीहरु हुनुपर्छ’ जोशी भन्छन्, ‘यसकारण यस विषयमा हामी सरकारबाटै समन्वय होस् भन्ने चाहन्छौँ । केन्द्र र प्रदेश सरकारको समन्वय पर्खिरहेका छौँ । हेलिकप्टर तयारी अवस्थामा छन् ।’ उनका अनुसार सिम्रिक एयरसँग १ हजार लिटर क्षमताका बम्बी बकेट छन् ।

हेर्नुस् भिडियो : 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved