इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित, २२ नम्बरको अनौठो संयोग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 09:28:33 PM मा प्रकाशित

laxmi  sunrise bank

इमरान खानलाई संसदले पाकिस्तानको प्रधानमन्त्री चयन गरेको छ। पछिल्लो महिनाको आम चुनावमा पाकिस्तानमा आफ्नो पाकिस्तान तेहरिक ए इन्शाफ (पिटीआई) कार्यकालको सुरुवात भएको थियो। त्यहि पार्टीको नेतृत्त्व गर्दै निर्वाचनमा होमिएका क्रिकेटर इमरान खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बन्न सफल भएका छन। 

राष्ट्रिय संसदको सदस्यहरुले शुक्रबार खानलाई पार्टीको नेताको लागि भोट दिए, जसले उनलाई पाकिस्तानको नेतृत्त्वमा पुर्याएको छ। खानले शनिबार सपथ लिनेछन र लगत्तै मन्त्रिपरिषद बनाएर आउने दिनमा सरकारको नियन्त्रण सम्हाल्नेछन। 

सन १९९२ मा पाकिस्तानका सबै भन्दा लोकप्रिय क्रिकेटरका रुपमा क्रिकेटबाट बिदाई लिएका खान २२ बर्ष बिपक्षी राजनेताको रुपमा राजनीतिमा बिताएपछि पहिलो पटक सत्ताको बागडोर सम्हाल्दैछन। २२ रनले खेल जितेर पाकिस्तानलाई क्रिकेटमा विश्वकपको उपाधि दिलाएका खानले २२ करोड पाकिस्तानी नागरिकको नेतृत्त्व गर्दै २२ औं प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका छन। उनले क्रिकेटबाट बिदाई लिएपछी २२ बर्षसम्म लगातार भ्रष्टाचार र सरकारी कुप्रबंधनको बिरुद्द ससक्त आवाज उठाउदै आएका थिए।    

शुक्रबार खानले १७६ भोटको साथमा पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल-एन) पार्टी अध्यक्ष शेहबाज शरिफलाई हराए। उनले ९६ भोट मात्र ल्याएको भन्दै राष्ट्रिय संसदको अध्यक्ष असद कैसरले खानको जित भएको घोषणा गरे। ३४२ सदस्यीय सदनमा पाकिस्तान पिपुल्स पार्टीले (पीपीपी) ५४ सिट को साथ तेस्रो स्थान पाएको छ। 

पार्टीका प्रवक्ता फवाद चौधरीले पाकिस्तानी पुस्तामा परिवर्तन आएको बताए। पाकिस्तानको प्राथमिकतामा अब परिवर्तन आउने र राजनीतिमा देखिएको भ्रष्टाचार, बेथिति र अक्षमता अब परिवर्तन आउने उनले बताए। खानको नेतृत्त्वमा पाकिस्तानले यी सबै गलत अभ्यासबाट मुक्ति पाउने उनको दाबि छ।  

खानले चुनावमा अनियमितता गरेको बिपक्षी दलहरुले आरोप लगाएका छन। यद्दपी खानले आफ्नो बिजयी भाषणमा सबै जांचको स्वागत गरेका छन र अनियमितता भए नभएकोबारे हुने जांचमा आफ्नो पूर्ण समर्थन रहेको बताए। 

आर्थिक चुनौती 

आर्थिक संकटले खानलाई कयौं देशबाट समस्या आएको छ। बिपक्षी दलहरुको आरोप प्रत्यारोप भन्दा आर्थिक संकट खानका लागि प्रमुख चुनौती बन्नेछ। पाकिस्तानको राज्य कोषको अवस्था र त्यहाँको ब्यापार घाटालाई लिएर पाकिस्तानी जनतामा चरम असन्तुष्टि रहेको छ। पाकिस्तानको सार्वजनिक ऋण लगातार बढिरहेको छ भने बिदेशी रिजर्भ कम हुँदै गएको छ। 

पाकिस्तानको केन्द्रिय बैंकको अनुसार त्यहाँको सार्वजनिक क्षेत्र बाहिरि ऋण ७० खर्ब २० अर्ब रुपैयाँ पुगेको छ भने घरेलु उत्पादन २७ प्रतिशतमा सिमित छ। त्यस्तै बिदेशी भण्डार १० खर्ब १० अर्ब रुपैयाँ छ। 'हामि कयौं मुद्दामा लड्नेछौं तर स्पष्ट रुपमा आर्थिक मुद्दा सबैभन्दा प्रमुख हो' प्रवक्ता चौधरीले भने। पिटीआई नेता असद उमर, जो अर्थ मन्त्री बनिसकेका छन, ले सरकार अन्तराष्ट्रिय मुद्रा कोष, द्रिपक्षीय ऋण र बिदेशका पाकिस्तानीहरुलाई बन्ड जारि गर्ने लगायतका कामले भुक्तानी संकटबाट मुक्ति पाउन सबै विकल्प प्रयोग गर्ने बताए।   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved