बंगलादेशमा सर्किट ब्रेकको नयाँ नियम: १० प्रतिशत बढ्न पाउने तर २ प्रतिशत मात्र घट्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2021 | 04:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको शेयरबजारको नियामक निकाय बंगलादेश सेक्युरिटि एण्ड एक्सचेन्ज कमिशन (बिएसईसी) ले कम्पनीको शेयर मूल्य धेरै घट्न नदिन नयाँ नियम लागु गरेको छ । बिएसईसीले मुल्यलाई धेरै घट्न नदिन सर्किट ब्रेक सम्बन्धि नियम परिमार्जन गरेको हो  ।

बंगलादेशको अंग्रेजी अनलाइन द डेली स्टारका अनुसार बिएसईसीले ६६ वटा कम्पनीको लागि सर्किट ब्रेकको नयाँ नियम ल्याएको हो । जस अनुसार एक दिनमा यी ६६ कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा बढी घट्न पाउने छैन । तर १० प्रतिशतसम्म बढ्न पाउने छ। यस अघि १० प्रतिशत घट्न वा १० प्रतिशत बढ्न सक्ने नियम भए पनि घट्न सक्ने नियमलाई परिमार्जन गरेर २ प्रतिशत मात्र घट्न सक्ने बनाईएको हो ।

यस संगै सबै कम्पनीको मूल्य २ प्रतिशतले घटेपनि बजारको सुचक ५ अंकले मात्र घट्ने बताईएको छ । लगानीकर्ता र सरोकारवालाको मागमा यस्तो निर्णय भएको बताईएको छ । 

 साधारण लगानीकर्ताले प्यानिक सेल बढाउँदा कम्पनीको मूल्य घट्ने र निहित समुहले सस्तो मूल्यमा ति सबै शेयर खरिद गरेर लाभ लिन सक्ने भएकोले त्यसलाई रोक्नको लागि यस्तो नियम लागु भएको बिएसईसीका प्रवक्ता मोहम्मद रिजुल करिमले बताएका छन्  । 

बंगलादेशमा यस अघि फ्लोर प्राइज सम्बन्धि नियम थियो  । जस अनुसार कुनै पनि दिनमा कम्पनीको पछिल्ला ५ दिनको औसत मूल्यबाट घटेर शेयर मूल्य कारोबार हुन नपाउने ब्यबस्था थियो  ।  अर्थात् कम्पनीको मूल्य ५ दिन औसत मूल्य भन्दा कम हुन नपाउने नियम थियो  । अहिले भने ६६ वटा कम्पनीको लागि त्यस्तो ब्यबस्था हटाएर सर्किट ब्रेकको नयाँ नियम लगाईएको हो  ।

बंगलादेशको दुई वटै स्टक एक्सचेन्ज ( ढाका स्टक एक्सचेन्ज र चिट्टागंग स्टक एक्सचेन्ज) मा यो नियम लागु हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved