कोरोना बीमा केहि समयको लागि बन्द गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 04:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले केहि समयको लागि कोरोना बीमा कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । संक्रमण बढ्दै गएको र कम्पनीहरुले लिएको दायित्व पुँजी भन्दा बढी भएकोले केहि समयको लागि समितिले बीमा गर्ने कार्य स्थगित गरिन लागेको जनाएको हो 

समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले अहिलेको अवस्थामा  ३ लाख भन्दा बढीको कोरोना बीमा भईसकेको र कम्पनीहरुले छुट्याएको पुँजी अनुसारको दायित्व पुरा भएकोले केहि समयको लागि कोरोना बीमा गर्ने कार्य स्थगित गर्न लागिएको बताए । उनले मोडालिटी परिवर्तन गरेर केहि समयपछि फेरी बीमा सुरु गरिने बताए  

उनले भने 'बाहिर प्रचार भएजस्तो बीमा गर्ने कार्य नै बन्द गरिन लागेको होइन, सरकारले बजेट मै कोरोना बीमालाई अगाडी बढाउने भनेको छ, बन्द गर्ने कुरा हुदैन, अर्थ मन्त्रालयबाट थप निर्देशन आएपछि हामी सोहि अनुसार फेरी बीमा गर्ने कार्य सुरु गर्छौ' । उनले सरकारबाट बजेट पास भएपछि मात्र आवश्यक निर्देशन प्राप्त हुने भएकोले तत्कालको लागि बीमा गर्ने कार्य केहि समयको लागि बन्द गर्न लागेको बताए । यस विषयमा आज नै बीमा समितिले निर्णय गर्न सक्ने उनले बताए 

कम्पनीहरुबाट नै अनुरोध भई आएको, संक्रमण बढ्दै गएको, पुँजी अनुसारको दायित्व पुरा भएको, महामारीको कहिँ कतै बीमा नहुने भएकोले केहि समयको लागि कार्य स्थगित गर्नको लागि छलफल अगाडी बढेको बताएका हुन् 

उनले पुनर्बिमा कम्पनीसँग छलफल गरेर, अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर, र सरकारबाट प्राप्त निर्देशन अनुसार अगाडी बढ्ने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved