प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने भएको छ। इन्स्योरेन्सले पुनर्जागरण गर्दा बीलम्ब शुल्क छुट दिने जनाएको हो ।
बीलम्ब शुल्क छुट पाउनको लागे वैशाख ३१
गतेसम्म व्यतित बीमालेख पुनर्जागरण गर्नुपर्ने हुन्छ । सो मितिसम्म नवीकरण
तथा पुनर्जागरण गर्दा बिलम्ब शुल्कमा ७५% छुट दिने कम्पनीले जनाएको छ ।
तर, समुन्नती जीवन बीमा योजनामा भने
यस्तो छुट प्रदान नगर्ने कम्पनीले जनाएको छ ।
शर्तहरुः
१) यस योजनामा समावेश भई पुनर्जागरण
भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको
बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
२) यस भन्दा पहिले बिलम्ब छुट सुविधा प्रप्त
गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई
छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।