नयाँ उद्यमीहरुको प्रर्दशनी काठमाण्डौमा सम्पन्न

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 04:30:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य भन्ने नाराका साथ नेपाल भरका  ४७ नयाँ उद्यमहरुको प्रर्दशनी काठमाण्डौमा सम्पन्न भएको छ । 

नेपाल सरकार अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइईडीआई) र निजी क्षेत्रद्वारा संचालित कम्पनी अन्तर प्रेरणाले आज काठमाडौंमा ‘स्टार्ट अप शोकेस एण्ड एक्स्पो नव उद्यमी एक्स्पो तथा प्रदर्शनी’ आयोजना गरेका हुन् । सरकारी तथा जिजी क्षेत्रको सहकार्यमा ४७ भन्दा बढी युवा उद्यमीहरु त्था उनीहरुद्वारा संचालित व्यवसायको सहभागिता रहको प्रदर्शनी नेपालमै पहिलो पटक भएको हो । 

एक्स्पोमा कृषि, पर्यटन, सुचना प्रविधि, नयाँ परिकारहरु, हस्तकला, निर्माण, स्वास्थ्यसँग सम्बन्धित ४७ वटा नयाँ उद्यमीहरुले आफ्नो उत्पादन, उत्पादनले नेपाली समाजमा पुग्ने सकारात्मक योगदानका विषयमा प्रस्तुत गरेका थिए । प्रर्दशनीमा उद्यमी र उद्यमशिलताको क्षेत्रमा काम गरिरहेका उद्यमी, लगानीकर्ता पनि सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved