मोटरसाईकल किन्दा १५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 08:05:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भिजि अटोमोबाईल्सले सुजुकिको मोटरसाइकल तथा स्कुटरको खरिदमा दुइवटा कोरोना विशेष अफर ल्याएको छ । सुजुकि मोटरसाइकल तथा स्कुटरको नेपालकालागि आधिकारिक आयातकर्ता तथा बिक्रेता समेत रहेको भिजिले मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदरका स्किमहरु ल्याएको हो । 

कम्पनीले बिगत ३ महिनाबाट लकडाउनले पारेको ग्राहकको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले उक्त अफर ल्याएको जनाएको छ । अफर अन्तर्गत ग्राहकले मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदरमाध्ये एक विकल्प रोज्न सक्ने कम्पनीले जनाएको छ । श्रावण १ गते देखि ३१ गते सम्म लागुहुने उक्त अफर कम्पनीको नेपालभर रहेका सम्पूर्ण शाखाहरुबाट प्राप्तगर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार एक्सचेञ्जमा पनि उक्त अफर लागुहुनेछ । 

सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved