ह्वात्तै बढ्यो २ पांग्रे सवारीको व्यापार, कुन कम्पनीको कस्तो अफर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 05, 2020 | 01:43:22 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनका कारण सुस्ताएको अटोमोबाइल्स क्षेत्रको व्यवसाय फस्टाउन थालेको छ । ४ पांग्रेको तुलनामा २ पांग्रे सवारीको बिक्रि बढेको छ । नाडा अटोमाबोइल्स डिलर्स एसोसियसनका सदस्यसमेत रहेका व्यवसायी प्रकाश कपुरी लकडाउन हुनुभन्दा अगाडीको जस्तो नभएपनि अन्य सवारीको तुलनामा २ पांग्रेको व्यवसाय केही शन्तोषजनक रहेको बताउँछन् ।

काठमाडौँको स्वयम्भूमा होण्डा कम्पनीको कपुरी ब्रदर्श सोरुमका सञ्चालक उनी हाल दैनिक ४/५ वटा मोटरसाइकल र स्कुटर बिक्रि भईरहेको बताउँछन् । 

‘पहिलाको जस्तो छ छैन, तर केही हप्तादेखि खुलेका कारण भर्खर व्यवसायले लय समात्न थालेको छ’ उनले भने, ‘दैनिक ३/४ वटा बाइक, स्कुटर बिक्रि भइरहेका छन् ।’ 

साउनमै अफर

सामान्यता अटो व्यवसायीले भदौ महिनाबाट चाडपर्व अफर सार्वजनिक गर्ने गरेका थिए । हरेक वर्ष भदौ दोस्रो हप्ता चाडपर्व लक्षित ‘अटो शो’ आयोजना गर्दै आएको नाडा अटोमोबाइल्स डिलर्स एसोसियनले यसवर्ष भने यो कार्यक्रम आयोजना नगर्ने संकेत गरिसकेको छ । त्यही अटो शो मार्फत विभिन्न कम्पनीले विभिन्न अफरहरु सार्वजनिक गर्थे र त्यस्ता अफर कार्तिकसम्म कायम रहन्थ्यो । 

तर यसवर्ष कोभिड–१९ का कारण यो शो प्रभावित हुने निश्चित जस्तै भइसकेका कारण लकडाउन खुल्नासाथ व्यवसायीले कम्पनीले अफर सार्वजनिक गरे । साउनमै अफर आएका कारण पनि बिक्रि केही बढेको व्यवसायीको अनुमान छ । 

‘साउनबाटै अफर सुरु भएको छ, लकडाउनका कारण नीजि सवारी साधन नहुनेहरु अत्यावश्यक काममा समेत निस्कन नसकेर नीजि सवारीको आवश्यकता महशुस गरिरहेका बेला यस्ता अफरहरु आउँदा खरिद गर्ने र बिक्रि गर्ने दुबैलाई केही राहत मिलेको छ’ सुजुकी मोटरसाइकलको बिक्रेता भिजि अटोका एक अधिकारीले भने ।

शंकर ग्रुपको जगदम्बा मोटर्स नेपालमा अपाच्चे मोटरसाइकलको बितरक हो । यसले पनि इ–कमर्श कम्पनी दराजसँग मिलेर अफर ल्याएको छ । लकडाउनका कारण सुस्ताएको व्यवसायलाई गति दिन विभिन्न योजना ल्याउने कार्यक्रम अन्तर्गत दराजसँग मिलेर १२ हजार छुटमा मोटरसाइकल बिक्रि सुरु गरिएको टिभिएस मोटर्सका मिडिया मार्केटिङ प्रमुख नवराज कोइरालाले बताए ।

कस्ता छन् अफर ?

सुजुकि मोटरसाइकल तथा स्कुटरको नेपालका लागि बितरक भिजि अटोमोबाइल्सले कोरोना विशेष स्किमको घोषणा गरेको छ । ‘उतार चडाब आईरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने नारा राखेर कम्पनीले प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किम घोषणा गरेको हो ।

ग्राहकले १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरमध्ये एक स्किम छानेर मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको यो स्किम श्रावण १ गतेदेखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । एक्सचेञ्जमा समेत यो स्किम लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन् भने स्कुटरतर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन् ।

जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकलको खरिदमा १२ हजार छुट पाउन सकिने योजना ल्याएको छ । 


होण्डा मोटरसाइकल बिक्रि गर्दै आएको स्याकर कम्पनीले १ रुपैयाँ डाउनपेमेन्ट र १ प्रतिशत ब्याजदरको अफर ल्याएको छ । 


बजाजले १२ हजार छुट, शून्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउन पेमेन्टका अफर सार्वजनिक गरेको छ । 


यामाहाले मोटरसाइकल र स्कुटरमा शून्य डाउनपेमेन्ट, शून्य प्रतिशत ब्याजदर र १० हजार छुटका योजनासहित नयाँ अफर ल्याएको छ । 

शून्य प्रतिशत ब्याजदर र शुन्य प्रतिशत डाउनपेमेन्टको योजना २ महिने योजना रहेको कम्पनीले जनाएको छ । यी २ योजना अन्तर्गत ग्राहकले १७ प्रतिशत ब्याजदरमा ३६ महिने किस्ता भूक्तानी अवधि पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved