निजगढ विमानस्थलको निर्माण सुरु गर्ने सरकारको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:13:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै सुरु गरिने जनाएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट निजगढ विमानस्थलको निर्माण कार्य चाँडै सुरु गरिने जानकारी दिईन । 

भैरहवा अन्तराष्ट्रिय विमानस्थलाई सन् २०१९ भित्रै संचलनमा ल्याईने र पोखरा क्षत्रिय अन्तराष्ट्रिय विमानस्थल २०२१ को सुरुवात बाटै संचालनमा आउने गरि काम गर्ने सरकारको योजना छ । 

राष्ट्रपति भण्डारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ४० प्रतिशत सकिएको बताएकी छिन् । आन्तरिक ७ वटा विमानस्थलमा रात्रीकालिन उडान सुरु भएको र बन्द अवस्थामा रहेका ५ वटा घरेलु विमानस्थल संचालनमा आएको र आगामी वर्ष यो संख्या बढाउने सरकारको योजना छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved