नेप्सको संचालक समितिको अध्यक्षमा रबिन कुमार नेपाल चयन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 25, 2017 | 06:21:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेडले आठ जनालाई संचालकमा चयन गरेको छ। असोज २९ गते सम्पन्न चौथो बार्षिक साधारणसभाबाट सर्वसम्मतले संचालकमा चयन गरिएको जनाइएको छ। 

संचालकमा चयन हुनेमा पृथ्वी नारायण श्रेष्ठ, जनता बैंक नेपाल, रविन कुमार नेपाल, सन्राइज बैंक लिमिटेड, भाइराजा तुलाधर, प्राइम कमर्सियल बैंक, प्रविन प्रकाश क्षेत्री, बैंक अफ काठमाडौं , नारायण प्रकाश भुजु, माछापुच्छ्रे बैंक, रत्न तारा वैद्य,नेपाल बांगलादेश बैंक, सन्जीव कुमार श्रेष्ठ  ,सिटिजन्स् बैंक, र सुरेशराज महर्जन, सिद्दार्थ बैंक छन।  

त्यस्तै कात्तिक १ मा बसेको ६२ औं संचालक समितिको बैठकले रविन कुमार नेपाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।   

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्यूरिटी स्ट्याण्डर्ड प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आइरहेको छ । साथै यस कम्पनीले १० वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आईरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved