महालक्ष्मीको प्रमुख कार्यकारीमा लामिछाने नियुक्त, ३० बर्षे बैंकिङ अनुभव

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 08:52:08 AM मा प्रकाशित

laxmi  sunrise bank


महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन्। बैंकको कात्तिक २५ मा बसेको संचालक समितिको बैठकले आगामी चार बर्षका लागि लामिछानेलाई सीईओ नियुक्त गरेको हो। 

लामिछानेले आइतबारबाटै बैंकको कार्यभार सम्हाल्नेछन। यस अघि उनि कैलाश विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए। त्यहाँ उनले दुई कार्यकाल अर्थात ८ बर्ष सम्म प्रमुख कार्यकारी अधिकृत भएका थिए। एकै बैंकमा दुई कार्यकाल अर्थात ८ बर्षसम्म बस्न नपाउने राष्ट्र बैंकको नियम अनुसार लामिछानेले कैलाश छाडेका हुन। 

नेपाल बैंकबाट अधिकृतस्तरबाट जागिर सुरु गरेका लामिछानेसंग ३० बर्षभन्दा बढी बैंकिङ गरेको अनुभब छ। उनि विकास बैंकको छाता संगठन विकास बैंक संघका पूर्वअध्यक्षसमेत हुन। त्यहाँ उनले दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए। उनी ब्यवस्थापनमा स्नातकोत्तर हुन् भने कानुनमा स्नातक छन। 

गत कात्तिक १ गते महालक्ष्मीको प्रमुख कार्यकारी अधिकृतबाट रमेशकुमार भट्टराईले राजिनामा दिएपछि लामिछाने नियुक्त भएका हुन्।  

महालक्ष्मीको चुक्ता पुंजी २ अर्ब ६३ करोड छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकले २५ अर्ब १४ करोड निक्षेप संकलन गरि २० अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ। बैंकले देशभरका ६५ वटा शाखा कार्यालय मार्फत ४ लाख बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved