सिटिजन बैंकद्वारा भूकम्प अति प्रभावित धादिङको दुई गाविसमा नगद वितरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 10, 2018 | 08:52:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन बैंकले धादिङको झारलाङ्ग र रिगाँउ गाविसमा नगद वितरणको कार्यक्रमको आयोजना गरेको छ। 'योर पार्टनर फोर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथ गर्दै अनवरत रूपमा ग्राहकवर्गको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको बैंकले जनाएको छ। 

विश्व खाद्य कार्यक्रमको आयोजना र वेट हंगर हेल्फी को सहकार्यमा पुस १३ –२० गते सम्म गरी ८ दिनसम्म उक्त कार्यक्रम संचालन गरिएको बैंकले जानकारी दिएको छ। विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए। 

बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रबाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेका छन् । २७७२ परिवारलाई कूल नगद ३ करोड ४३ लाख ४००० वितरण गरि उक्त क्यास क्याम्प  सम्पन्न भएको बैंकले बताएको छ।  

बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले व्यक्त गरे।  




                                                                  

                                                                  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved