एनआईसी एशिया बैंकको नयाँ शाखा धुलाबारी र काकरभिट्टामा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 02:58:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले झापामा २ नयाँ शाखा संचालनमा ल्याएको छ  । बैंकले मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारी मा आज सोमबारबाट नयाँ शाखा संचालनमा ल्याएको हो । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक उद्घाटन गरेको बैंकले जनाएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved