सिटिजन बैंकद्वारा एचआईभी संक्रमित बालबालिकालाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 09:37:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकले बेबी लाईफ होमलाई आर्थिक सहयोग गरेको छ। बैंकले एचआईभी संक्रमित बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई एक लाख पचास हजार आर्थिक सहयोग गरेको हो। 

बैंकले आफ्नो एघारौँ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बताएको छ। एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्तिथीमा बेबी होमका संचालक राज कुमार पुनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो। 

बेबी लाईफ होममा रहेका २३ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक पुनले कार्यक्रममा बताए। त्यस्तै बैंकका सीइओं भण्डारीले सहयोगले बालबालिकाको मनोबल बढाउने बिश्वास व्यक्त गरे।   

अब आउने निकट भविष्यमा बैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा सीईओ भण्डारीले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved