सिटिजन्स बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 01:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले नेपाल मेडिसिटी अस्पताल, भैसेपाटीमा बिशेष छुट पाउने भएका छन्  ।  बुधबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालबिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो  । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउँनेछन् । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  आफ्ना ७४  वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved