इजीलिंक रेमिट्यान्स र गरिमा बैंकबीच विप्रेषण भुक्तानी सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 06:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

इजीलिंक रेमिट्यान्स गरिमा विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजीलिंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले हस्ताक्षर गरे । 

इजीलिंकले लामो समयदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले गरिमसंगको सम्झौतापछि विदेशमा रहेका नेपालीले पठाएको पैसा छिटो, छरितो तरिकाले उनहिरुका आफन्तसम्म पुर्याउन थप सहज भएको बताए । 

अब इजीलिंकमार्फत पठाएको रकम गरिमाका ६० वटै शाखाहरुबाट भूक्तानी लिन सकिनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved