मर्जरको विशेष प्रस्ताव सहित कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 10:15:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकले समस्याग्रस्त वित्तीय संस्थाबाट मुक्त भएको करीब डेढ वर्ष पछी मर्जरमा जाने विशेष प्रस्ताव सहीत साधारणसभा बोलाएको छ ।  बैंकले मर्जरमा जानको लागि सम्पती, दायित्व र कारोबारको अवस्थामा मुल्याङका गर्नको लागि डिडिए गर्ने र मर्जर तथा एक्वीजिसनको लागि सञ्चालक समितिलाई अख्तीयारी प्रदान गर्ने विषेश प्रस्ताव सहित साधारणसभा बोलाएको हो । 

२०७४ पुष ४ गते नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । बैंक समस्याग्रस्तको सुचिमै रहेको अवस्थामा नयाँ लगानीकर्ताले स्वामीत्व ग्रहण गरेँगै बैंकलाई सुधार गर्दै लैजाने र लगानी पनि थप गर्ने प्रतिवद्धता सँगै राष्ट्र बैंकले २०७४ माघ १८ गते समस्याग्रस्तबाट फुकुवा गरेको थियो । 

बैंकले एक सुचना प्रकाशित गर्दै असार २७ गते बैंकको शाखा कार्यलय घण्टाघर विरगंजमा साधारणसभ गर्ने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved