सिटिजन्स बैंकको विशेष साधारण सभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 03:04:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । अमृतभोग, कालिका स्थान, डिल्लीबजार काठमाडौँमा भोलि हुने भनिएको पाचौं विशेष साधारण सभा स्थगित भएको हो  । 

बैंकको संचालक समितिको चैत्र ८ गते बसेको ३३० औं बैठकको निर्णयले भोलि हुने भनिएको विशेष साधारण सभा स्थगित गरेको बैंकले जनाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकाले सो साधारण सभा स्थगित गरेको बैंकले जनाएको छ । 

अर्को सूचना नआएसम्मका लागि उक्त विशेष साधारण सभा स्थगित गरिएको बैंकले जनाएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै, कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको बैंकले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved