युनियन लाइफको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन प्रस्ताब पारित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 07:19:34 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं अघि औपचारिक रुपमा कारोबार सुरु गरेको युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। 

इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय, सिद्धार्थनगर रुपन्देहीमा बसेको पहिलो बार्षिकसाधारणसभाले आइपीओ निष्काशन गर्ने प्रस्ताब पारित गरेको हो। कम्पनीले २ अर्ब १५ करोड चुक्ता पुंजीको ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणमा जारि गर्न लागेको हो। आईपिओ निष्कासनपछि संस्थापक तर्फ ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।   

साधारणसभाबाट आइपीओ निष्काशन गर्ने प्रस्ताब पारित भए लगत्तै नेपाल धितोपत्र बोर्डबाट र कम्पनी रजिष्ट्रार कार्यलयबाट स्वीकृत लिने प्रक्रिया तिब्र रुपमा अघि बढ्ने कम्पनीले जनाएको छ। 

त्यस्तै कात्तिक १३ गतेको प्रथम बार्षिक साधारणसभाले लेखापरीक्षक नियुक्त गर्ने, प्रमुख कार्यकारी अधिकृत नियुक्ती अनुमोदन गर्ने र संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जनालाई संचालक समितिमा चयन गर्ने प्रस्ताब पारित गरेको छ।   

युनियन लाइफ इन्स्योरेन्सले बीमा समितिबाट ३७ शाखा खोल्ने अनुमति पाइसकेको छ। इन्स्योरेन्सले यसै बर्ष शाखा संख्या ४८ पुर्याउने लक्ष लिएको छ।

इन्स्योरेन्सले बीमा समितिबाट असार २० गते इजाजत प्राप्त गरेको हो। असोज ५ गते मात्रै कारोबार संचालनको लागि अन्तिम स्वीकृती पाएको यस कम्पनीले असोज ६ गतेदेखि नै औपचारिक कारोबारको सुरुवात गरेको हो।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved