वर्ल्डलिंकको २१ वर्षः एक लाख ग्राहक पुगेको उपलक्ष्यमा ११० जनालाई बिशेष उपहार वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 09:33:09 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिंक कम्युनिकेसनले स्थापनाको २१ वर्षमा एक लाख ग्राहक संख्या पुगेको उपलक्ष्यमा १० जना ग्राहकलाई सामसुङको ‘एस एट’ मोडलको फोन तथा एक सय जनालाई ३ महिनाको निशूल्क इन्टरनेट उपहार वितरण गरेको छ।

‘एस एट’ स्मार्टफोन उपहार पाउनेहरुमा काठमाण्डौंका भरत शाही ठकुरी, तेन्जिङ शेर्पा, सुजन तिमल्सिना, बिनोद थापा मगर , एडभेन्चर तानसेन ट्रेक, भक्तरपुरका ज्योती लामा, भैरहवाका राजेन्द्र कुमार, धनगढीका स्माइल चौधरी, विरगंजका गौरब कुमार अग्रवाल तथा बुटवलका पार्वती थापाले रहेका छन। त्यस्तै अन्य १ सय जनाले ३ महिनाको निशूल्क इन्टरनेट उपहार पाएका छन। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस। 

उपहार वितरणको अवसरमा बोल्दै वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले प्रविधिको सिमितताले एक लाख ग्राहक पुर्याउन २१ वर्ष लागेको भन्दै देशका अझ धेरै जिल्लामा सेवा विस्तार गर्दै एक दुई वर्षको अन्तरालमै हालको संख्यालाई दोब्बर बनाउने लक्ष्य राखिएको जनाए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved