सहकारीबारे संसदीय छानबिन समिति बन्छ : प्रधानमन्त्री दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 09:26:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन पहल भएको बताएका छन्। सिंहदरबारमा शनिबार बसेको नेकपा माओवादि केन्द्रको संसदीय दलको बैठकमा दाहालले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको आगामी बैठकमा यसबारे ठोस निर्णय हुन सक्ने बताएका हुन। 

'सहकारी जटिलता गम्भीर बनेको छ, अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ' बैठकमा दाहालले भने, 'छानबिन कुनै नेता बिशेषलाई तोकेर नभई समग्र समस्या समाधानका लागि हुने हो।'

प्रधानमन्त्री दाहालले संसदको अधिवेशन आब्हान गरिएको तर चल्ने नचल्ने निश्चित नभएको पनि बताए। सरकारले हिउँदे अधिवेशन अन्त्य गरेर बैशाख २६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गरि विभिन्न कानूनहरुमा सुधार गर्न अध्यायदेश ल्याउने निर्णय गरेर अध्यायदेश ल्याएको थियो। नेपाली कांग्रेसको अवरोधबीच सरकारले बैशाख २ गते मध्यरातदेखि लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। 

प्रतिनिधिसभाको बजेट अधिवेशन २८ बैशाखमा बोलाइएको छ। यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट पेश गर्नेछ। तर कांग्रेसले सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिन नभई संसद चल्न नदिने अडान दोहोर्याउदै आएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved