निक्षेपमा बढी ब्याज खोज्ने, कर्जाको बढी भयो भन्ने लजिकल भएन : अर्थमन्त्री

बैंकहरुले कमाएको नाफा उच्च होइन
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 02:05:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले उच्च नाफा नकमाएको दाबी गरेका छन् । नाफा मात्रै हेर्नेले बैंकहरुको नाफा बढेको भन्ने गरेको तर पूँजी २ अर्बबाट १२ अर्ब पुगेकोको तर्फ कसैले ख्याल नगरेको अर्थमन्त्रीको भनाई छ । १५ अर्बको बैंकलाई १५ प्रतिशत लाभाशं वितरण गर्न २ अर्ब नाफा आवश्यक पर्ने भन्दै उनले  लगानी नहेरी आलोचना गर्नु उचित नभएको बताए । 

मंगलबार कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सवमा मन्त्री अतिवडा सञ्चार माध्यमप्रति भने निकै आक्रोशित देखिए । अर्थतन्त्रमा उकाली ओराली स्वभाविक भएको तर अर्थतन्त्र ओरालो लाग्यो भनेर लेख्ने गरेकोमा उनले ब्यङ्ग गर्दै भने, ‘केही न केही त लेख्नै पर्यो, कलम चलाउनै पर्यो, पाना भर्नै पर्यो ।’

‘थौरै उकाली लाग्दैमा स्वाँस्वाँ गर्न र थोरै ओराली लाग्दैमा डराउन पर्दैन । अर्थतन्त्र सहि, सुदृढ, सबल, र स्थायी मार्गमा अघि बढिरहेको छ’ उनले भने । २० वर्षको औषत आर्थिक वृद्धि ४ प्रतिशत मात्रै रहेको उदाहारण दिँदै उनले २/३ प्रतिशतको आर्थिक वृद्धिमा बहस गर्नेले अहिले १० प्रतिशतको आर्थिक वृद्धिको बहस गरिरहेको भन्दै उनले बहसको स्तर बढेको दाबी गरे । सरकारी तथ्याङ्कको विश्वास नलागे आईएमएफ, विश्व बैंक र एशियाली विकास बैंकको प्रतिवेदन हेर्न समेत उनले सुझाव दिए । 

मुल्यवृद्धि बढ्यो भनेर प्रकाशित समाचारप्रति असन्तुष्टी जनाउँदै उनले २/३ प्रतिशतको आर्थिक वृद्धि हुँदा २२ प्रतिशतसम्म मुल्यवृद्धि भएको विगत सुनाए । २० वर्षको औषत मुल्यवृद्धि नै ८ प्रतिशत माथि रहेको भन्दै मन्त्री खतिवडाले ६ प्रतिशतभन्दा केही माथि पुग्दा धेरै टिक्काटिप्पणी सुन्नु परेको भन्दै गुनासो गरे । ‘२२ प्रतिशत हुँदा पनि मुल्यवृद्धि आकाशियो भनिदैनथ्यो तर ६ प्रतिशत हुँदा पनि आकाशियो र चरम भयो भन्ने शब्द प्रयोग गरियो’ उनले भने । 

उनले विरोधाभाष बहस नगर्न पनि आग्रह गरे । उनले भने ' वैदेशिक रोजगारीमा जानेको संख्या पनि घटाउ, रेमिट्यान्स पनि धेरै ल्याउ, ब्यापार घाटा पनि कम गर, राजश्व पनि बढाइहाल, निक्षेपको ब्याज पनि धेरै देउ, कर्जाको ब्याज पनि त्योभन्दा कम राख जस्ता कुराले हामी कहिल्यै पनि लजिकल निष्कर्षम पुग्दैनौ । 

मन्त्री खतिवडाले भने ‘ पहिले वैदेशीक रोजगारीमा गएर दाजुभाई अब सकिने भए, मुलुक रितिने भयो, मुलुक बुढाखाडाको मात्रै वृद्धाश्रम हुने भयो भन्यौँ, तर बैदेशिक रोजगारीमा जानेको संख्या स्थिर भयो, केही समय घट्यो पनि, अहिले अलि बढेको छ, सरकार बैदेशिक रोजगारीमा जानेको संख्यालाई असिमित रुपमा बढाउने पक्षमा छैन तर हामीलाई रेमिट्यान्स भने दोब्बर नै बढी चाहिएको छ ।’ 

कार्यक्रमको अन्तिममा उनले नेपालका बैंकको निष्कृय कर्जा पत्याउनै नसकिने गरी तल रहेको तर राम्रोसँग निरीक्षण भएका कारण आफूले पत्याएको भन्दै व्यङ्ग्य समेत गरे । ‘कहिलेकाँही धेरै राम्रो भयो भने पत्याउन गाह्रो हुन्छ, सायद त्यही भएको होला’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved