गाडी नचल्ने भएपछि हवाई भाडा तेब्बरले बढ्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 20, 2020 | 08:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक उडान गर्दै आएका वायुसेवा प्रदायक कम्पनीहरुले भाडा बढाएका छन् । केही दिनअघि सम्म तोकिएको भाडामा ६० प्रतिशतसम्म सस्तो टिकटमा यात्रुहरुलाई उडाईरहेका हवाई कम्पनीहरुले भाडा बढाएका हुन् । 

पोखराबाहेक सबै रुटको हवाई भाडा तेब्बरसम्म बढेको छ । वायुसेवा संचालक संघले काठमाडौँबाट बाहिरिने यात्रुको संख्या बढेको बताएको छ । यात्रु बढेसँगै भाडा पनि बढेको हो । सरकारले चैत ९ गतेदेखि सार्वजनिक सवारी साधन बन्द गरेर आन्तरिक हवाई सेवा मात्रै सुचारु राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै यात्रुको चाप अझै बढ्ने अनुमान गरिएको छ । 

काठमाडौंबाट झापाको भद्रपुरको भाडा भोली शनिबारको लागि औसतमा ९ हजार छ । काठमाडौँ फर्किने भाडा भने २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्म छ । केही दिनअघिसम्म काठमाडौँ–भद्रपुर २ हजार ५ सयमा उडान हुँदै आएको थियो ।

काठमाडौँ–विराटनगरको औसत भाडादर ७ हजार ५ सय छ । काठमाडौँ–राजविराज ६ हजार, काठमाडौँ–जनकपुर ४ हजार, काठमाडौँ–भैरहवा ४ हजार, काठमाडौँ–नेपालगञ्ज ९ हजार र धनगढीको भाडा १० हजारभन्दा बढी छ । 

काठमाडौँ–पोखराको टिकटदर २ हजार हाराहारीमा छ । काठमाडौँबाट पोखरा जाने हवाई यात्रु विदेशी पर्यटक हुने गरेकामा पर्यटक नहुँदा भाडा पनि बढेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved