सान्जेनले ९१ लाख कित्ता आईपिओ निष्काशन गर्दै, सहायक बिक्रि प्रबन्धक चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 05:58:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त  भएका छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल र एनएमबि क्यापिटल सहायक बिक्रि प्रबन्धक नियुक्त भएका हुन् । बिक्रि प्रबन्धक भने नागरिक लगानी कोष रहेको छ  ।  

 कोषमा भएको नियुक्ति सम्बन्धि सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा  सन्राईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि ५४ लाख ७५ हजार  कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि  ३६ लाख ५० हजार  कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved