त्रिशुली जलविद्युतको आईपिओमा पहिलो दिन नै माग भन्दा बढीको आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 07:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली जलविद्युत कम्पनीले आज चैत्र ७ गतेदेखि निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा पहिलो दिन बेलुका ५:३० बजेसम्ममा ६० लाख ३१ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको हो  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार हालसम्म १२ हजार ७ सय ७३ आवेदकबाट   ६० लाख ३१ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको हो  । यो मध्ये ९ लाख २९ हजार २ सय ३० कित्ता भेरिफाई भएको र ४९ लाख ७० हजार ३ सय ७० कित्ता भेरिफाइ हुन् बाँकि छ   । ९२ जनाको १ लाख ३१ हजार ५ सय ३० कित्ताको आवेदन भने रद्द भएको छ   ।

‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुलीले निष्काशन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए   ।

कम्पनीले हाल जारि पुंजीको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख बराबरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३ प्रतिशत कर्मचारीको लागि छुट्याइएको छ। बाँकि रहेको ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन। लगानीकर्ताले आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर हाललाई कम्पनीले प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ । 

 आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमको समान ३० -३० प्रतिशत लगानी रहेको छ  । बाँकि ४० प्रतिशत सर्वसाधारणले लगानी गर्ने भएका हुन् ।  

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत कम्पनीले शेयर निष्काशन गर्न लागेको हो  ।  ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा सहित सरकारले यो कार्यक्रम सुरु गरेको हो।  यसको लागि धितोपत्र बोर्डले  धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन पनि गरिसकेको छ । बोर्डले यस योजना अन्तर्गत निष्काशन हुने आईपिओको क्रेडिट रेटिंग गर्नु नपर्ने छुट समेत दिएको छ  ।  

यो पनि : लागत होइन युनिट हेरौ, सुरुमा १५ प्रतिशतसम्म लाभांश दिन सक्छौ: एमडी, त्रिशुलीहाइड्रो (अन्तवार्ता)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved