३७ मिनेट मै बिक्यो घोडीघोडा लघुवित्तको आईपिओ, आँधीखोलाको के भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 12:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीहरुले निष्माकाशन गरेको आईपिओ बिक्रि खुला केहि समय मै 'ओभरसब्सक्राइब' हुन् थालेको छ । अनलाइनबाट घर मै बसेर आईपिओ दिन मिल्ने भएपछि लघुवित्त कम्पनीहरुको आईपिओमा  बिक्रि सुरु भएको केहि समय मै माग गरेभन्दा बढीको आवेदन पर्न थालेको हो । 

अहिले बजारमा २ कम्पनीले आईपिओ निष्काशन गरिरहेका छन् । तर दुवैको आईपिओमा माग भन्दा बढीको आवेदन परिसकेको छ । घोडीघोडा लघुवित्तले असार २० गते देखि र आँधीखोला लघुवित्तले असार २२ गतेदेखि आईपिओ निष्काशन गरेका हुन् । 

बिक्रि प्रबन्धकका अनुसार घोडीघोडा लघुवित्तको आईपिओ बिक्रि सुरु भएको ३७ मिनेट मै  'ओभरसब्सक्राइब' भएको थियो भने आंधीखोलाको बिक्रि सुरु भएको २ घण्टा १० मिनेटमा  'ओभरसब्सक्राइब' भएको थियो । घोडीघोडाको तुलनामा आंधीखोलाको शेयर संख्या बढी भएकोले पुरै बिक्रि हुन् केहि समय बढी लागेको हो 

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आज असार २० गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् 

शेयर निष्काशनको प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले सम्पूर्ण सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था मार्फत र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्तासम्म आवेदन दिन सकिने छ । तर लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन परिसकेको र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पाइने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु अनुपयुक्त हुन्छ । 

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 

त्यस्तै, 

आँधीखोला लघुवित्तले असार २२ देखि ४ करोड बराबरको शेयर बिकिरी खुला गरेको हो । कम्पनीले निष्कासन गरेको ४ करोड आइपीओ मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन। 

आइपीओमा आज अर्थात असार २२ देखि असार २५ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था मार्फत र मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने छन।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  । तर लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पाइने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु अनुपयुक्त देखिन्छ।      

शेयर निष्काशनको लागि एनआईबीएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले बैशाख ३ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो  । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा कमजोर रहेको देखाउछ।  

आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी  १० करोड हुनेछ । कम्पनीको  अधिकृत पूँजी १५ करोड रहेको छ ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि  कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved